सुनको मूल्य तोलाको ९९ हजार

काठमाडौँ ।सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार २०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु २०० ले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार ३०० मा आएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९६ डलर आसपास कारोबार भइरहेको छ ।

https://ujyaalonepalnews.com/archives/19576

Previous articleअनियमित विद्युत् आपूर्तिले रुपन्देहीका उद्योग समस्यामा
Next articleरत्ननगर १६ मा एमालेको पार्टी कार्यालय उद्घाटन, २५ जना युवा पार्टी प्रवेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।