सुनको मूल्य तोलाको ९९ हजार

0
241

काठमाडौँ ।सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार २०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु २०० ले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार ३०० मा आएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९६ डलर आसपास कारोबार भइरहेको छ ।

https://www.ujyaalonepalnews.com/archives/19576

Previous articleअसिना पानीबाट अन्नबालीमा क्षति
Next articleरत्ननगर १६ मा एमालेको पार्टी कार्यालय उद्घाटन, २५ जना युवा पार्टी प्रवेश