रत्ननगर,बैशाख १९- स्थानिय तहको चुनाब नजिकिंदै गर्दा एमाले रत्ननगरले घरदैलो तिब्र पारेको छ । वैशाख ३० गते हुने स्थानीय तहको चुनाबका लागि एमालेबाट मेयर,उपमेयर,वडा अध्यक्ष र वडा सदस्यका उमेदवारहरुले मतदाताका समस्या,गुनासा,रायसुझाव लिदै मतदाताका घरघरमा पुगि मत मागिरहेका छन् ।

यसैबिच,नेकपा एमाले रत्ननगर वडा नं. १५ ले पनि घरदैलो तिब्र पारेको छ । नेकपा एमालेका तर्फबाट वडा नं.१५ का वडाध्यक्ष पदका उमेदवार आशिक तामाङ,वडा सदस्य इमप्रसाद पन्त,गोपाल प्रसाद नेपाल, लिलादेवी पोखरेल, रुकमाया परियार,नगर कमिटी अध्यक्ष इश्वरी प्रसाद अर्याल सहितको टोलीले मतदाताका घरदैलोमा पुगी मत मागेका हुन् । घरदैलोको टोलीमा एमालेका नेता तथा कार्यकर्ताको पनि उल्लेख्य उपस्थिती रहेको थियो ।

https://ujyaalonepalnews.com/archives/19613


