Home Uncategorized रत्ननगरले पहिलो महिला मेयर पाउँदैछ : दुवाडी

रत्ननगरले पहिलो महिला मेयर पाउँदैछ : दुवाडी

रत्ननगर,बैशाख १९- नेकपा एमालेको तर्फबाट रत्ननगर नगरपालिकाको मेयर पदकी उम्मेदवार बिमला दुवाडीले रत्ननगर नगरपालिकाले पहिलो महिला मेयर पाउन लागेको दाबी गरेकी छिन् ।

रत्ननगरको वडा नम्बर ७ मा भएको एमालेको घरदैलो कार्यक्रमको कोणसभामा बोल्दै दुवाडीले रत्ननगरमा पहिलो पटक महिला मेयर निर्वाचित हुन लागेकोले नगरबासी उत्साहित भएको बताईन् । दुवाडीले उपमेयर हुदाँ महिला स्वास्थ्य,उद्यमशिलता स्वरोजगार तथा न्यायीक मामलामा धेरै काम गरेको भन्दै आफु मेयर भएपछि गर्न वाँकी रहेको अधुरा काम पुरा गर्ने प्रतिवद्धता ब्यक्त गरिन् ।

‘गर्न सक्ने काम मात्र वोल्छु, नसक्ने काम गर्छु भनेर झुटो आश्वासन दिने काम गर्दिन, मेयर भएपछि हरेक ६/६ महिनामा प्रत्येक वडामै गएर महिलाहरुको निःशुल्क पाठेघर र स्तन क्यान्सरको परिक्षण गर्ने ब्यवस्था गर्छु,दुवाडीले बताईन् ।

‘मेयरमा पुरुष हुदा महिलाको वास्तविक समस्या वुझ्न कठिन हुन्छ, आफु मेयर भएपछि महिलाहरुलाई भएको हरेक समस्यालाई बिशेष ख्याल गरेर समाधान गर्छु,दुवाडीले भनिन् ।

https://ujyaalonepalnews.com/archives/19622

Previous articleकोरोनाकै कारण सञ्चालनमा आयो सुपरमार्केट
Next articleहोन्डाले खोल्यो रत्ननगरमा नयाँ शो-रुम, सोमबार गरियो उद्घाटन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।