होन्डाले खोल्यो रत्ननगरमा नयाँ शो-रुम, सोमबार गरियो उद्घाटन

चितवन । विगत ५० बर्ष देखि सेवा दिदै आएको होन्डा मोटरसाईकलको सोरुम रत्ननगरमा उद्धघाटन भएको छ । पूर्वी चितवनमा यस्को मुख्य डिलर आवश्यकता परेको हुनाले रत्ननगर १० को हरिहर मन्दिर अगाडी एस एच अटोमोटी प्रा।लि सोरुम उद्धघाटन गरिएको सोरुमका म्यानेजर अनुप पौडेलले बताए ।

पूर्वी चितवनका सर्वसारधाणलाई ध्यानमा राखी अबका दिनमा रत्ननगरमै सर्वसुलभ मुल्यमा सेवा दिइने उद्धेश्यले सोरुम उद्धघाटन गरीएको क्षेत्रीय विक्रि प्रवन्धक सेक्रेटरी कम्पनिका सञ्चालक सुरज बगालेले जानकारी दिए । ग्राहकका सन्तुष्टिलाई अझ धेरै सन्तुष्टि दिनको लागी रत्ननगरमा यो सोरुम सञ्चालनमा ल्याईको उनले बताए ।

अहिले सोरुमबाट होन्डाको मोटरसाईकलको हरेक पार्टपुर्जा , एक्सचेन्ज लगायत होन्डाको हरेक किसिमको मोटरसाईकल तथा स्कूटी पनि पाउनुको साथै हरेक होन्डाको मोटरसाईकलको, सर्भिस समेत गरिने ब्यवस्था रहेको सोरुमका म्यानेजर अनुप पौडेलले बताए । सोरुमबाट केहि दिनको लागि नगद छुटको व्यवस्था समेत रहेको पौडेलले वताए । सोरुमको एक औपचारी समारोहका विच समाजसेवी भेषराज दुवाडीले उद्धघाटन गर्नु भएको थियो ।

https://ujyaalonepalnews.com/archives/19625

Previous articleरत्ननगरले पहिलो महिला मेयर पाउँदैछ : दुवाडी
Next articleपरिसंघको महानिर्देशकमा जोशी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।