राजस्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले सोमबार उच्च अदालत पाटनमा दिपक कुमार देउजा र अचला थापा देउजाविरुद्ध मुद्दा दायर गरेको हो ।

विभागका अनुसार मूल्य अभिवृद्धि करतर्फ तीन करोड ४० लाख १८ हजार, आयकरतर्फ ६ करोड २७ लाख १४ हजार ५६० रुपैयाँ गरी जम्मा उनीहरूले ९ करोड ६७ लाख ३२ हजार ५६० रुपैयाँ राजस्व चुहावट गरेका हुन् ।

उनीहरू विरुद्ध १९ करोड ३४ लाख ६५ हजार १२० रुपैयाँ सजायको माग दाबीसहित विभागले मुद्दा दायर गरेको हो ।

https://ujyaalonepalnews.com/archives/19638

Previous articleआइजीपी बढुवाविरुद्ध सर्वोच्चमा रिट
Next article‘कृषिको रूपान्तरणबाट उत्पादनमूलक उद्योगको विकास गर्ने योजना’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।