काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कृषिको रूपान्तरणबाट उत्पादनमूलक उद्योगको विकास गर्ने योजना रहेको बताउनुभएको छ ।

सोमबार नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको बजेट छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले सरकारको योजना कृषिको रूपान्तरणबाट उत्पादनमूलक उद्योगको विकास गर्ने रहेको बताउनुभयो ।
कार्यक्रममा अर्थमन्त्री शर्माले उद्योगलाई सरकारले जग्गा उपलब्ध गराउन तयार रहेका कारण योजनासहित आउन निजी क्षेत्रलाई आग्रह समेत गर्नुभयो ।
अर्थ मन्त्री शर्माले नेपालका कुन कुन वस्तुमा भन्सार बढी भएर उत्पादन गर्नै नसक्ने अवस्थामा पुगेका छन् त्यसबारे पनि सरकारले पुनरावलोकन गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले आगामी बजेटले महामारी पछिको अवस्थामा अर्थतन्त्रको दिशा केन्द्रित गर्नुपर्ने र देशभित्र उत्पादन र उत्पादकत्व बढाउन गरी प्रभावकारी नीति ल्याउनु आवश्यक भएको बताउनुभयो ।
https://ujyaalonepalnews.com/archives/19639


