रत्ननगरका एमाले उम्मेदवारले दिए इदको शुभकामना

0
37

रत्ननगर,बैशाख २०- इस्लाम धर्मावलम्बीहरुको पर्व इदको अवसरमा एमाले उम्मेदवारहरुले शुभकामना दिएका छ । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचमा एमालेका तर्फबाट रत्ननगरको मेयर,उपमेयर,वडाध्यक्ष पदका उम्मेदवारहरुले रत्ननगरको मस्जिदमै पुगेर शुभकामना दिएका हुन् ।

इदको अवसरमा रत्ननगर २ मा रहेको मस्जिदमा पुगेर मेयरका उम्मेदवार विमला दुवाडी,उपमेयरका उम्मेदवार यादव पाठक,रत्ननगर २ का वडाध्यक्ष उम्मेदवार कृष्ण प्रसाद डोटेल लगाएतका उम्मेदवारले मुस्लिम समुदायसंगै पर्व मनाउदै शुभकामना दिएका हुन् ।

पर्वको अवसरमा शुभकामना दिंदै मेयर पदका उम्मेदवार दवाडीेले धार्मिक,सास्कृतिक विविधताभित्रको एकता हाम्रो पहिचान भएको बताउँदै धर्म,संस्कार र संस्कृतिको संरक्षणमा सधै लागिरहने प्रतिवद्धता ब्यक्त गरिन् । कार्यक्रममा रत्ननगरका इस्लाम धर्मावलम्बीहरुको उपस्थिती रहेको थियो ।

https://www.ujyaalonepalnews.com/archives/19656

Previous articleकोरोनाकै कारण सञ्चालनमा आयो सुपरमार्केट
Next articleमनाइयो अक्षय तृतीया