रत्ननगर १४ मा एमालेको घरदैलो अभियान तिब्र

रत्ननगर, २१ वैशाख- नेकपा एमाले रत्ननगरको घरदैलो अभियान जारी छ । आज रत्ननगरको वडा नं. १४ पिठुवामा एमालेले स्थाई कमिटि सदस्य तथा बागमती प्रदेश ईन्चार्ज काशीनाथ अधिकारीको उपस्थितिमा घरदैलो कार्यक्रम गरेको नगरकमिटि अध्यक्ष ईश्वरी अर्यालले जानकारी दिए ।

मेयर पदकी उमेदवार विमला दुवाडी,उपमेयर पदका उमेदवार यादव पाठक,वडाध्यक्ष पदका उमेदवार रामप्रसाद लम्साल  सहितका.उमेदवारहरुले घरदैलो गरेका हुन । मत माग्न घरमा पुगेका उमेदवारहरलाई वडाबासीले आर्शिबादसंगै स्वागत गरेका छन् ।

https://ujyaalonepalnews.com/archives/19683

Previous articleरत्ननगर १२ मा कांग्रेसको पार्टी कार्यालय तोडफोड
Next articleनेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।