रत्ननगर १२ मा कांग्रेसको पार्टी कार्यालय तोडफोड

रत्ननगर,बैशाख २१- चितवनको रत्ननगरमा गठबन्धन दलहरुबिच वडा बाडफाडमा चरम असन्तुष्टी देखा परेको छ । वडा बाडफाड गर्दा वडा नम्बर १२ माओबादी केन्द्रको भागमा परेपछि असन्तुष्ट वनेका कांग्रेस कार्यकताहरुले वडा पार्टी कार्यालयमा तोडफोड तथा तालावन्दी गरेका हुन् ।

कांगे्रस कार्यकर्ताहरुले पार्टी कार्यालय तोडफोड गरि कार्यालयमा राखेको कुर्चि टेबल तथा पार्टीको झण्डा सडकमा फालेका हुन् । कांग्रेसले नगर सचिव समेत रहेकी अनिता अर्याललाई वडाध्यक्षको उम्मेदवार बनाई चुनावी प्रचार प्रसारको अन्तिम चरणमा पुगेको बेला गठवन्धनको नाममा माओबादी केन्द्रका सुन्दरमणी सुबेदीलाई वडाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेपछि बिहानै कांग्रेसका कार्यकर्ताहरु आक्रोषित वनेका हुन् ।

सो वडामा गठवन्धनको निर्णय नमान्ने र अर्यालको नेतृत्वमा चुनावी प्रचारमा जाने निर्णय भएको छ ।

https://ujyaalonepalnews.com/archives/19680

Previous articleकृषिमा लगानी वृद्धि गर्न माग
Next articleरत्ननगर १४ मा एमालेको घरदैलो अभियान तिब्र
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।