नवलपुर- पुर्व नवलपुरकाे हुप्सेकाेट गाँउपालिकामा नेपाली काँग्रेसका अध्यक्ष र उपाध्यक्षमाथि भएको आक्रमणको नेपाली काँग्रेसले भर्त्सना गरेको छ । उहाहरु सवार गाडीमा एमालेका कार्यकर्ताले आक्रमण गरेका थिए । नेपाली कांग्रेस नवलपुरले सो घटनाको निन्दा तथा भत्सर्ना गर्दै दोषीमाथि तत्काल कारवाही गर्न माग गरेको छ ।
जिल्ला सभापति महेन्द्र ध्वज जिसीले आज एक विज्ञप्ती जारी गर्दै घटनामा संलग्नहरुकाे तत्काल खाेजी गरेर कानुनी कारबाही गर्न माग गर्नुभएको हो। साथै काँग्रेसले निर्वाचन प्रचारप्रसारकाे वातावरण शान्तिपूर्ण बनाउन स्थानीय प्रशासनसमक्ष आग्रह पनि गरेको छ ।।


https://ujyaalonepalnews.com/archives/19689


