नेपाली कांग्रेस रत्ननगर- ३ को चुनावी प्रचारमा बालबालिकाको प्रयोग

Click Image

चितवन, बैशाख २१ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुको प्रचार प्रसार सहितको घरदैलोमा बालबालिकाको प्रयोग गरिएको देखिएको छ ।

रत्ननगर नगरपालिका वडा नं ३ को कांग्रेसको घरदैलोमा पार्टीले प्रचार प्रसारको लागि चुनावी आचार संहिता विपरित घरदैलोमा बालबालिकाको प्रयोग गरेको हो ।

कांग्रेसले बालबालिकाहरुलाई झण्डा बोकाई गाडीमा राखेर चुनावी प्रचार गरेका थिए । कांग्रेस वडा नम्बर ३ कै पार्टी सभापती बसन्त देवकोटाले बालबालीका सहितको तस्बिर सामाजिक संजालमा पोष्ट गरेका छन् । चुनावी आचार संहिता विपरित चुनाबी प्रचार प्रसारमा बालबालिकालाई प्रयोग गरेपछि आलोचना भएको छ ।

https://ujyaalonepalnews.com/archives/19697

Previous articleकाँग्रेस उम्मेदवारमाथि भएको आक्रमणको निन्दा
Next articleभारतीय तीर्थयात्री बोकेको गाडी दुर्घटना, ५ जनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।