काँग्रेस रत्ननगर १५ मा चरम असन्तुष्टि, गठबन्धनको निर्णय नमान्ने

0
76

निराजन घिमिरे, वैशाख २२ – सत्ता गठबन्धनको जिल्ला स्तरिय संयन्त्रको निर्णयलाई कांग्रेस रत्ननगर १५  वडा समितिले नमान्ने निर्णय गरेको छ । उम्मेदवारी मनोनयन भैसकेर घरदैलो अभियान जारी रहंदा आफुहरु संगकुनै सल्लाह र परामर्स बिनानै आएको गठबन्धनको निर्णयलाई कुनै हालतमा नमान्ने वडा सभापती शिव तिवारीले जानकारी दिए ।

अन्तिम अवस्थामा आएर पार्टीले जबरजस्ती  लादेको निर्णय मान्न आफुहरु तयार नभएको भन्दै तिवारीले कार्यकर्ताको भावना अनुरुप वडाको सबै पदमा कांग्रेसको उम्मेदवारी कायम रहने बताए ।

मंगलबार राती गठबन्धन संयन्त्रले वडा नं. १५ मा वडाध्यक्ष पदको लागी माओवादी केन्द्रका दिलबहादुर बुढाथोकी, खुल्ला सदस्य तर्फ कांग्रेसका शिवप्रसाद तिवारी र समाजवादीका मदन भुजेल त्यस्तै महिला सदस्य तर्फ माओवादी केन्द्रकि कल्पना घिमिरे र दलित महिला सदस्य तर्फ नेपाली कांग्रेसका लक्ष्मी विश्वकर्माको उम्मेदवारी रहने निर्णय गरेको थियो ।

गठबन्धनको निर्णय अस्विकार गर्दै कांग्रेसले वाड नं. १५ मा घरदैलो अभियान जारी राखेको छ । कांग्रेसबाट वडाध्यक्ष पदमा दण्डपाणी लामीछाने, खुल्ला सदस्य शिवप्रसाद तिवारी र केदारमान वाईबा, महिला सदस्य  शर्मिला लामिछाने र दलित महिला सदस्य लक्ष्मी वि.क को उम्मेदवारी रहेको छ।

https://www.ujyaalonepalnews.com/archives/19744

Previous articleसमाजवादी रत्ननगरमा पहिरो, वडाकमिटि नै एमालेमा समाहित
Next articleकर्णालीको पर्यटन क्षेत्रबाट ४८ लाख राजस्व सङ्कलन