काठमाडौँ । नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा ‘निर्वाचन अफर’ उपलब्ध गराउने भएको छ ।

आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने गरी सो अफर उपलब्ध गराउन लागेको जनाएको छ । यो अफर आगामी वैशाख २५ देखि जेठ ४ गतेसम्म उपलब्ध हुनेछ ।

कम्पनीले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न सकिने भ्वाइस अफर र जुनसुकै नेटवर्कमा पनि एसएमएस पठाउन सकिने एसएमएस अफर उपलब्ध गराउने छ । ३ दिनसम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक, ३०० वटा एसएमएस सहितको ३०० एसएमएस प्याक र ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक पनि ९८ रुपैयाँमा किन्न सकिने नेपाल टेलिकमले जनाएको छ ।
https://ujyaalonepalnews.com/archives/19852


