क्षेत्रीय टि-ट्वान्टी प्रतियोगिताका लागि राष्ट्रिय टोलीको घोषणा

0
59

थाईल्याण्डमा आगामी फागुन तेस्रो साता हुने पूर्वी क्षेत्रीय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि राष्ट्रिय टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले शुक्रबार कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो। 

राष्ट्रिय टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान) दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, मोहम्मद आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, कुशल मल्ल, सुशन भारी, पवन सरार्फ, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की छन्।

आगामी फागुन १५ देखि २३ गतेसम्म थाईल्याण्डमा हुने प्रतियोगितालाई सेप्टेम्बरमा पाकिस्तानमा हुने टि–ट्वान्टी एसिया कपको छनोटकोरुपमा समेत लिइएको छ। प्रतियोगितामा आयोजक थाईल्याण्ड सहित नेपाल, भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया र सिंगापुर छन्।

यस्तै पश्चिम क्षेत्रमा पनि छ्नोट प्रतियोगिता हुनेछ। जसमा बहराइन, इरान, कुवेत, माल्दिभ्स, ओमान, कतार, साउदी अरबिया र यूएई छन्। यो क्षेत्रको छ्नोट फागुन ९ देखि १६ सम्म ओमानमा हुनेछ।

यसपछि यी दुई रिजनको छनोटमा उत्कृष्ट २ टोली मलेसियामा हुने अन्तिम छनोट प्रतियोगिता खेल्नेछन। छनोटको विजेताले आगामी एसिया टि–ट्वान्टी कपमा स्थान पक्का गर्नेछ। छनोट हुने टोलीले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसँग खेल्ने अवसर प्राप्त गर्नेछ।

किसानलाई सधैँ सिँचाइकै पिरलो

Previous articleकुवेत घटनाको यथार्थ जानकारी गराउन मानव अधिकार आयोगको आग्रह
Next articleप्रदेश गौरवका आयोजना छनोट गर्न मापदण्ड