सुकुम्बासीले हात हातमा रातो लालपूर्जा पाउँछ : मेयर पदकी उम्मेदवार दुवाडी

चितवन, बैशाख २५ । नेकपा एमालेबाट रत्ननगर नगरपालिकाकी मेयर पदकी उम्मेदवार विमला दुवाडीले रत्ननगरका विभिन्न स्थानमा सुकुम्बासीको समस्या रहेकाले उनीहरुको समस्या चाडै समाधान हुने बताईन् ।

रत्ननगर नगरपालिका वडा नंं. ९ स्याउलीबजार सुकुम्बासी बस्तीमा घरदैलोका क्रममा सम्बोधन गर्दै दुवाडीले एमालेले प्रत्यक सुकुम्बासीको हाथ हाथमा रातो लालपूर्जा दिने बताएकी हुन् ।

उनले भनिन्, ‘पाँच वर्ष अगाडी तपाईहरुको हात हातमा रातो लालपूर्जा दिने प्रतिवद्धता व्यक्त गरेका थियो तर दुर्भाग्य वश सरकार र भूमी आयोगका कारण त्यो लाल पूर्जा हामिले दिन सकेनौ तर पनि हामिले निस्सा दिने काम गर्‍यौ ।’

जग्गाको लालपूर्जाको लागि आयोगमा सम्पूर्ण फाईलहरु पठाईसकेको उनले बताईन् । स्थानीय निर्वाचरले गर्दा अहिले निस्सा वितरण कार्य स्थगित भएको उनले भनिन् ।

नेकपा एमालेले भूमिहिनलाई निस्सा वितरण रोकेको खबर सत्यता नभएको उनको भनाई छ । निर्वाचनमा प्रभाव पर्ने भएकाले निस्सा वितरण रोकेको बताईन् ।

सुकुम्बासी तथा विपन्न वर्गहरुलाई लक्ष्ति गर्दै विभिन्न रोजगारमूलक शिप सिकाई आयआर्जनमा जोड दिईने समेत उनले बताईन् ।

https://ujyaalonepalnews.com/archives/19871

Previous articleसुनको मूल्य तोलाको रु ९८ हजार ६००
Next articleस्थानीय तह निर्वाचन : वयस्क उम्मेवारको सङ्ख्या बढी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।