निक्षेप सङ्कलनमा सामान्य सुधार

काठमाडौँ । चुनाव नजिकिँदै गर्दा वाणिज्य बैङ्कहरूमा निक्षेप सङ्कलनमा सामान्य सुधार देखिएको छ । वैशाख लागेदेखि नै बढ्न नसकेको निक्षेप सङ्कलन गत साता भने ६ अर्ब रुपैयाँले बढेको छ ।

वैशाख १६ गतेसम्ममा ४३ खर्ब ६८ अर्ब रुपैयाँ रहेको निक्षेप सङ्कलन वैशाख २३ गतेसम्ममा ४३ खर्ब ७३ अर्ब रुपैयाँमा पुगेको हो ।

यस्तै गत साता कर्जा लगानी ४ अर्ब रुपैयाँ सिस्टममा फिर्ता भएको छ । गत साता बैङ्कहरूको कर्जा लगानी ४१ खर्ब ९७ अर्ब रुपैयाँबाट ७ अर्ब घटेर ४१ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको छ ।

नेपाल बैङ्कर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले निक्षेपमा ३ अर्ब ४० करोड सुधार भई समग्रमा पछिल्लो साता बजारमा १० अर्ब जति रकम थप भएको जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/19909

Previous articleनिर्वाचनमा सक्रिय रुपमा सहभागी हुन कांग्रेसको आग्रह
Next articleजहाज र उडान सङ्ख्या वृद्धि गर्न नाट्टाको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।