Home Uncategorized राजनीतिले छोएको ‘छ्क्का पन्जा ४’को ट्रेलर (भिडियो)

राजनीतिले छोएको ‘छ्क्का पन्जा ४’को ट्रेलर (भिडियो)

यो समाचार अडियोमा सुन्नुहोस् 

उज्यालो नेपाल- आउदो फाल्गुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘छ्क्का पन्जा ४’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा दिपक राज गिरीलाई राजनीति गर्ने कुशल खेलाडीको रुपमा देखाएको छ भने केदार घिमिरे (माग्ने बुढा) शिक्षकको भूमिकामा देखिएका छन् । उता बुद्धि तामाङ (हैट)लाई एउटा बेरोजगारी युवाको रुपमा ट्रेलर देख्न सकिन्छ ।

सुन्दरी र कुशल अभिनय गर्न सिपालु अभिनेत्री बेनिशा हमाल एक पत्रकारको भूमिकामा देखीएकी छिन । उनी सुरुमा पत्रकारको रुपमा देखीएपनी पछी दिपक राज गिरीको प्रेमिकाको रुपमा देख्न सकिन्छ । ट्रेलरमा केही सिन यस्ता छन जहाँ दिपक राज गिरी र बेनिशा हमालको लभस्टोरी झल्किए छ । अभिनेता निर शाहपनी कुनै एक दलको प्रमुखको रुपमा प्रस्तुत छन भने अभिनेत्री दिपा श्री निरौलाको भूमिका लाई खासै खुलाएको छैन ।

ट्रेलरमा हामीले अन्य कलाकारहरु जस्तै निर्मल शर्मा (गैडाँ),राज आचार्य,अनुराग कुवर, राज आचार्य,मलिना जोशी, लाई पनि देख्न सक्छौँ तर यो नै भूमिका हो भनेर ठोकुवा भने गर्न सक्दैनौं ।

हेमराज बिसीले निर्देशन गरेको चलचित्रमा दीपक राज गिरीको लेखन नरेन्द्र मैनालीको छायांकन कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन र निमेष श्रेष्ठको सम्पादन छ ।

आमा सरस्वति मुभिज र आइएमइको प्रस्तुति रहेको चलचित्रमा केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्मातामा रहेका छ्न भने दिपेन्द्र खनियाँ र केशव न्यौपानेको निर्माण रहेको छ ।

https://ujyaalonepalnews.com/archives/26417

Previous articleचितवनमा भर्खरै सरुवा भएर आएका एसपी र डिएसपीलाई रत्ननगरमा स्वागत
Next articleआज महाशिवरात्रि : पशुपतिमा बिहानैदेखि घुइँचो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।