गठनबन्धन सफल भएको नेता पुनको जिकिर

 

रोल्पा- नेकपा (मोआवादी) केन्द्रका नेता वर्षमान पुनले देशभरको स्थानीय तहको अवस्था अनुसार समग्रमा गठबन्ध सफल भएको जिकिर गर्नुभएको छ । रोल्पा सदरमुकाम लिवाङमा आज आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहनुभएका उहाँले देशका सबै महानगर र उपमहानगरसहित ६० प्रतिशत स्थानीय तहमा गठबन्धन भएकाले यो गठबन्धन सफल भएको मान्नुपर्छ भन्नुभयो ।

कतिपय ठाउँमा सरकारमा रहेका सबै दल संलग्न रहने गरी गठबन्धन भएको छ भने कतिपय ठाउँमा चार दल, तीन दल वा दुई दलबीच समेत गठबन्धन भएको देखिन्छ । यी सबै जोड्दा ६० प्रतिशत गठबन्धन भएको रिपोर्ट आएको नेता पुनले बताउनुभयो । विसं २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादीबीच १०६ स्थानीय तहमा मात्रै तालमेल भएको स्मरण गराउँदै उहाँले यस पटकको तालमेललाई सफल मान्नुपर्ने तर निर्वाचनमा शतप्रतिशत तालमेल हुन्छ भन्नु मनोगत मात्रै हुन्छ भन्नुभयो ।

तालमेल सफल भए नेपाली कांग्रेसले देशका ३०० बढी स्थानीय तहको प्रमुखमा जित्ने र दोस्रो स्थान नेकपा माओवादी केन्द्रले लिने गरी रिपोर्ट आएको उहाँको भनाइ थियो । स्थानीय तहको निर्वाचनका लागि गृह जिल्लाका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न नेता पुन रोल्पाआउनु भएको हो ।

https://ujyaalonepalnews.com/archives/19932

Previous articleकाठमाडौँसहित उपत्यकामा मदिरा बिक्री वितरण एवं सेवनमा निषेध
Next articleलुम्बिनी भ्रमणका बेला भारतीय प्रम मोदीसँग पश्चिम सेती विद्युत् परियोजनाबारे छलफल गर्छु : प्रधानमन्त्री देउवा  
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।