लुम्बिनी भ्रमणका बेला भारतीय प्रम मोदीसँग पश्चिम सेती विद्युत् परियोजनाबारे छलफल गर्छु : प्रधानमन्त्री देउवा  

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही दिनमै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीको भ्रमणमा आउनुहुने भएकोले आफूले पश्चिम सेती परियोजना अघि बढाउन उहाँसँग छलफल गर्ने बताउनुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी दिवसको अवसरमा जेठ २ गते लुम्बिनी आउँदै हुनुहुन्छ ।

सोमबार डडेलधुरामा आयोजित चुनावी सभामा प्रधानमन्त्री देउवाले पश्चिम सेती परियोजनाबाट उत्पादन हुने विद्युत् भारतले किने मात्रै नेपालले त्यसबाट आम्दानी गर्न सक्ने हुनाले आफूले भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणका बेला त्यसबारे छलफल गर्ने बताउनुभयो ।

उहाँले मित्र राष्ट्रहरू भारत र चीनका कारण पश्चिम सेती परियोजना लागु गर्न सहज नभएको प्रष्ट पार्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो । चीनको आर्थिक सहयोगबाट परियोजना अघि बढाए भारत रिसाउने र भारतको सहयोगमा अघि बढाए चीन रिसाउने समस्याले पश्चिम सेती परियोजना सुचारु हुन कठिनाइ भएको हो । 

https://ujyaalonepalnews.com/archives/19933

Previous articleगठनबन्धन सफल भएको नेता पुनको जिकिर
Next articleबैंकिङ कसुरका दोषीलाई अदालतमा पेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।