ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

म्याग्दी- गएराती म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा भएको ट्रक दुर्घटनामा २ जनाको मृत्यु भएको छ । निलगिरीखोला जलविद्युत आयोजनामा सिमेन्ट पुर्‍याएर फर्कदै गरेको ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा सवारी धनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिका-१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर गोगनी–४ का ३४ वर्षीय सन्तबहादुर तितुङको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार राम्जाली सवारी धनी र तितुङ चालक हुन् । घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले उनिहरुलाई मृत घोषणा गरेका थिए । मृतकको शव परिक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।

प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ । सडकदेखि करिब ६० मिटर तल खसेर ट्रक दुर्घटना भएको हो । नारच्याङमा निलगिरीखोला हाइड्रोपावरले ११० मेगावाट क्षमताको निलगिरीखोला र निलगिरीखोला क्यासकेट जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।-

https://ujyaalonepalnews.com/archives/19972

Previous articleकालीगण्डकी संरक्षणमा दलको मौनताप्रति विरोध
Next articleदार्चुलामा भूकम्पको धक्का
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।