व्यवसायीहरूको लगानीको सुरक्षा सरकारले दिन सकेन : मनिष कुमार मारु

0
30

इटहरी । सहिदहरूको स्मृतिमा नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले बिहीबार दुहबीमा मैनबत्ती बाली सहिदहरूको सम्झनामा मौन धारण गर्दै सहिद दिवस मनाएको छ । सहिदहरूले दिएको योगदानलाई सम्मान गर्दै मैनबत्ती बाली दुहबी चौकमा मौन धारणको कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिका अध्यक्ष मनिष कुमार मारुले सहिदहरूको त्याग तपस्याका कारण नेपालीहरूले स्वतन्त्रता प्राप्त गरेको स्मरण गर्दै सहिदहरूले देखाएको बाटोमा सबै नेपालीहरू एकजुट भएर हिँड्न सके मात्र सहिदहरुको सम्मान हुने बताएका छन । राष्ट्र निर्माताहरुले भाषणमा भन्दा व्यवहारमा एकरूपता ल्याउन सके सबै समस्याको समाधान हुने बताए । व्यवसायीहरूले निर्धक्क भएर लगानी तथा काम गर्ने वातावरण नभएको र राज्यले पूर्ण सुरक्षा दिन नसकेको बताउँदै उनले व्यवसाय तथा उद्योगलाई प्रवद्र्धन गर्ने कार्यक्रम ल्याउन समेत सरकार समक्ष माग गरेका छन ।

कार्यक्रममा दुहबी नगरपालिकाकी उप मेयर सुनिता शाह, बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी कम्पनीका कार्यकारी निर्देशक हरि वंश राठी, कम्पनीका सञ्चालकहरू , कर्मचारीहरू, र पत्रकारहरू लगायतको उपस्थिति रहको थियो । नेपाल अल्ट्राटेक सिमेन्ट प्रा लिले बन्धन सिमेन्ट नामक ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको छ ।

The post व्यवसायीहरूको लगानीको सुरक्षा सरकारले दिन सकेन : मनिष कुमार मारु appeared first on Purbeli News.

सेयर कारोबारीले चन्दा दिएन हाेला, प्रचण्डले ध्वस्त पारिदिए : अध्यक्ष ओली (भिडियो)

Previous articleप्रदेश २ का छोरी जन्मिँदै ‘तीन लखिया’
Next articleसाताको शेयरबजार : साढे छ अर्बमाथि कारोवार