काठमाडौं– २४ घण्टामा १७ कोरोना संक्रमित थपिएका छन् ।
देशभर ३८११ जनामा गरिएको नमूना परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा १५ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा कोरोनाबाट कसैको निधन भएन ।
नेपालमा सक्रिय संक्रमितको संख्या २१७ जना रहेको छ ।
नेपालमा हालसम्म ११ हजार ९ सय ५२ जनाको कोरोनाबाट निधन भएको थियो ।
https://ujyaalonepalnews.com/archives/20015


