सुर्खेतमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक भट्ट निलम्बित

सुर्खेत- नेपाल प्रहरीले कैलालीमा दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक नरेन्द्रप्रसाद भट्टलाई निलम्बन गरेको छ ।

स्थानीय तह निर्वाचन, २०७९ मा थप मद्दतका रूपमा सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनबोट मतदान स्थलमा कमाण्डरका रूपमा खटिएका भट्टले नेपाल प्रहरी सङ्गठनको छविमा आँच आउने तथा प्रहरी कर्मचारीलाई असर पुर्‍याउने कार्य गरेकाले निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रारम्भिक छानबिन गर्दा आफूलाई सुम्पिएको जिम्मेवारी÷दायित्व पूरा नगरी प्रहरी नियमावली, २०७१ विपरीत आचरण व्यवहार तथा गैरव्यावसायिक कार्य गरेको पुष्टी हुन आएको जनाइएको छ ।

प्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम ४ बमोजिम उनीमाथि थप जाँचबुझ एवं छानबिन गर्न सोही नियमको उपनियम (५) बमोजिम वैशाख २९ गतेको निर्णयअनुसार तीन महिनाका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।-

https://ujyaalonepalnews.com/archives/20022

Previous articleउपत्यकाभित्र प्रेस पास भएका पत्रकारलाई सवारी अनुमतिपत्र नचाहिने
Next articleपत्रकार उमाकान्त पाण्डे ८७ दिनपछि रिहा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।