मिक्लाजुङमा कांग्रेस विजयी

मोरङ- मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका बवीकुमार राईले आठ हजार २५३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का नरेन्द्रप्रसाद ढुङ्गेल चार हजार ९१६ मत प्राप्त गर्नुभएको थियो ।

शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत सो गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का दिनेश पौडेल पाँच हजार ६२६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमाले निर्मल राईले पाँच हजार ४५५ मत प्राप्त गर्नुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/20235

Previous articleरत्ननगर ५ को अन्तिम नतिजा आयो वडाध्यक्षमा बालकृष्ण चापागाई विजयी
Next articleतारकेश्वरको प्रमुख र उपप्रमुखमा कांग्रेस
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।