रत्ननगर ५ को अन्तिम नतिजा आयो वडाध्यक्षमा बालकृष्ण चापागाई विजयी

उज्यालो नेपाल, जेठ ३- रत्ननगरमा जारी मतगणनामा वडा नं. ५ को पनि अन्तिम नतिजा आएको छ । अन्य वडामा जस्तै रत्ननगर ५ मा पनि नेपाली कांग्रेसले नै जित हासिल गरेको छ । नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार बालकृष्ण चापागाईले आफ्ना निकटम प्रतिद्वन्दी नेकपा एमालेका कृष्ण महतोलाई १३४ मतले पराजित गरेका हुन् ।

खसेको कुल २२८५ मत मध्य चापागाईले ११०२ मत प्राप्त गरे भने महतोले ९६८ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृत विनोद कुमार गौतमका अनुसार चापागाईको प्यानल नै विजयी भएको हो ।

https://ujyaalonepalnews.com/archives/20229

Previous articleखप्तड छेडेदहको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी
Next articleमिक्लाजुङमा कांग्रेस विजयी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।