१४३७ मतगणना बाँकी रहँदै इच्छाकामना गाउँपालिकाको अध्यक्षमा एमालेका दान बहादुर गुरुङ विजयी

४ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार दान बहादुर गुरुङ विजयी भएका छन् । वडा नं. ७ को मतगणना भैरहदा १४३७ मत गन्न बाँकी छदै एमालेका गुरुङ गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।

गणना गर्न बाँकी रहेको भन्दा गुरुङले अग्रता लिएको मत बढि भएको कारण मतगणना गर्न बाँकी छदै उनी विजयी भएका हुन् । वडा नं. ७ को पछिल्लो मत परिणाम अनुसार एमालेका अध्यक्ष उम्मेद्वार दान बहादुर गुरुङले ५४६० मत ल्याएका छन् भने गठबन्धनबाट नेपाली काँग्रेसका अध्यक्ष उम्मेद्वार रहेका गीताकुमारी गुरुङले ३९५७ मत ल्याएकी छन्। जसअनुसार अध्यक्षमा १५०३ मतको मतान्तर रहेको छ ।

यस्तै उपाध्यक्षमा नेकपा एमालेका उम्मेद्वार माया सिलवालले गठबन्धनबाट उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार प्रताप गुरुङलाई २७१ मतले अग्रता लिएकी छिन्। उनले ४७२२ मत पाएकी छिन् भने प्रताप गुरुङले ४४५१ मत पाएकी छिन्।

अघिल्लो स्थानीय तह निर्वाचनमा काँग्रेसले जितको यस वडाको अध्यक्षमा पनि एमालेकै उम्मेद्वार बोधराज गोलेले १ मतले अग्रता लिएको छ । गोलेको ४८० मत आएको छ भने नेपाली काँग्रेसका उम्मेद्वार बम बहादुर मगरको ४७९ मत आएको छ ।

https://ujyaalonepalnews.com/archives/20288

Previous articleस्थानिय निर्वाचन २०७९ रत्ननगर १२ अपडेट
Next article१४७१ मतगणना गर्दा रत्ननगर १० को अपडेट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।