३५ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

0
56

बनियानी / झापाको कनकाई नगरपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । कनकाइ–३ बाट विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिहीबार सुरुङ्गाकै एक होटलमा बसेका मोरङ उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय नितेन कार्की र बिर्तामोड नगरपालिका–३ का ३९ वर्षीय राजनप्रसाद उप्रेतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ३५ ग्राम ब्राउन सुगर बरामद गरेको हो । पक्राउ परेका दुवै जना इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको छ ।

The post ३५ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ appeared first on Purbeli News.

दुबई जानेहरुलाई अब खोप प्रमाणपत्र आवश्यक नपर्ने तर QR Code सहितको PCR रिपोर्ट अनिवार्य

Previous articleनेपाल एयरलाइन्सले जापान, चिन, साउदी अरेबिया र दक्षिण कोरिया सिधा उडान गर्ने !
Next articleभारतीय क्रिकेट बोर्डको नयाँ कन्ट्रयाक्टमा पूर्वकप्तान धोनी परेनन्