सभामुखको विवाद संसदीय दलको बैठकले टुङ्गो लगाउँछ : मन्त्री ढकाल

दमौली / स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सभामुख चयनको विवाद पार्टीको संसदीय दलको बैठकले टुङ्गो लगाउने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शुक्लागण्डकी नगर कमिटीले आज तनहुँको दुलेगौँडामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री ढकालले सभामुख चयनको विवाद अब धेरै दिन नरहने बताउनुभयो ।

मन्त्री ढकालले सभामुख चयन हुन नसक्दा संसद् बन्धक बनेको चर्चा गर्दै पार्टीले सहमतिमै सभामुख उम्मेदवार चयन गर्ने जानकारी दिनुभयो । मन्त्री ढकालले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी)का विषयमा धेरै चर्चा भएकाले एमसिसीको बारेमा पनि संसदीय दलमा छलफल गरिने बताउनुभयो । वर्तमान सरकारले गरेका राम्रा कामको पार्टीका कार्यकर्ताले प्रचारप्रसार गर्नुपर्नेमा जोड दिँदै मन्त्री ढकालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षालाई सार्थक बनाउन सरकार लागिपरेको उल्लेख गर्नुभयो ।

The post सभामुखको विवाद संसदीय दलको बैठकले टुङ्गो लगाउँछ : मन्त्री ढकाल appeared first on Purbeli News.

एन आई सी एशिया बैंकका ग्राहकलाई सामसुङ माेवाईल खरिदमा छुट

Previous articleपर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते
Next article३५ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।