कांग्रेसको गढमा यसरी उदाए वेदबहादुर

गीता पंगेनी, जेठ ४- चितवनको खैरहनी नगरपालिकाको वडा नं. ४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । कांग्रेसको गढको रुपमा मानिने वडा नं. ४ मा २०७४ को स्थानिय निर्वाचनमा पनि यस वडामा नेपाली कांग्रेसका नरेन्द्र अधिकारी निर्वाचित भएका थिए ।

सवारी दुर्घटनामा परि अधिकारीको निधन भएपछी भएको उप-निर्वाचनमा पनि नेपाली कांग्रेसले नै विजय हासिल गरेको थियो । उक्त उप-निर्वाचनमा अहिले विजयी वेदबहादुर अधिकारी पनि उम्मेदवार बनेका थिए । तर त्यतिबेला पराजित अधिकारीले अहिले भारी मतान्तरले विजय हासिल गरेका हुन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नारद बरुवाललाई ७१६ को भारी मतले पराजित गरेका हुन् । अधिकारीले १५०५ मत प्राप्त गर्दा कांग्रेसका बरुवालले ७८९ मात्र मत प्राप्त गरे । नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि  डा. तिर्थ खनियाँको वडा मै भारी मतले कांग्रेस पारजित हुनुलाई धेरैले नेपाली कांग्रेसको गढ भत्किएको रुपमा बुझेका छन् ।

जम्मा ३११५ मतदाता रहेको वडा नं. ४ मा २४५७ मत खसेको थियो । नेपाली कांग्रेसका ५४३ क्रियाशील सदस्य, ४२ क्षेत्रिय प्रतिनिधि, २ जना जिल्ला सदस्य र १ जना केन्द्रिय महाधिवेसन प्रतिनिधि भएको वडामा कांग्रेस हारेपछि वडाध्यक्ष पका उम्मेदवार  बरुवालले फेसबुकमा आफ्नै पार्टिका नेताहरुले चुनाव हराउन लागि परेको भन्दै स्टाटसनै लेखेर आरोप लगाएका छन् ।

 

 

https://ujyaalonepalnews.com/archives/20336

Previous articleरत्ननगर ११ मा एमाले विजयी
Next articleखानीखोलमा गठबन्धनबाट माओवादी केन्द्र विजयी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।