उज्यालो नेपाल, जेठ ४- रत्ननगरको वडा नं. ११ को वडाध्यक्ष पदमा नेकपा एमालेका श्याम श्रेष्ठ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार दिलिप घिमिरेलाई पराजित गर्दै विजय हासिल गरेका हुन् । वडा नं. ११ मा कुल १९९३ मत खसेको थियो ।
विजयी श्याम कुमार श्रेष्ठले ९२६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दिलिपचन्द्र घिमिरेले ८५५ मत प्राप्त गरेका छन् । त्यस्तै महिला सदस्य पदमा नेपाली कांग्रेस कि यसोधा अधिकारी पौडेलले ८४७ मत, दलित महिला सदस्य पदमा नेकपा एमाले कि ज्योति विश्वकर्माले ८११ मत, खुल्ला सदस्य तर्फ नेकपा एमालेका हर्क बहादुर साउ थापाले ७९३ र दिलबहादुर केसीले ७८४ मत प्रराप्त्नत गरेका छन् ।
रत्ननगरमा ९ ओटा वडाको मतगणना सकिएर नतिजा समेत सार्वजनिक भईसकेको छ । नतिजा सार्वजनिक भएका मध्ये वडा नं. १,२,३,४,५,६ र ८ नं. वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । त्यस्तै वडा नं. ७ र ११ मा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
https://ujyaalonepalnews.com/archives/20333


