सुनवलमा एमाले विजयी

परासी- पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा एमालेले गठबन्धनलाई पराजित गरेको छ ।

निर्वाचन आयोगका अनुसार एमाले उम्मेदवार विमला अर्याल १४,८३८ मत ल्याई विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार अर्जुनकुमार पोखरेललाई ३,२१८ मतान्तरले पराजित गर्नुभयो । पराजित अर्जुनकुमार पोखरेलले ११,६२० मत पाउनुभयो ।

यस्तै उपप्रमुखमा पनि एमालेकै सूर्यप्रसाद दुवे १३,७९८ मत सहित विजयी हुनुभयो । माओवादी केन्द्रका उम्मेदवार लेखनाथ खरेलले ८,८९० मत पाउनुभयो ।

https://ujyaalonepalnews.com/archives/20382

Previous articleरत्ननगर १४ को ११०८ मतगणना हुँदा कस्तो छ अवस्था ?
Next articleवडा नं. १६ को ५०० मतगणना गर्दाको वडासदस्य सहितको अपडेट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।