रत्ननगर १६ मा हेमराज थापा पुन: अनुमोदित

उज्यालो नेपाल, जेठ ६- रत्ननगर १६ का निवर्तमान वडाध्यक्ष हेमराज थापा पुन: निर्वाचित भएका छन् । २०७४ को स्थानिय निर्वाचनमा वडाध्यक्ष निर्वाचित थापा दोश्रो कार्यकालको लागी निर्वाचत भएका हुन् । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई १७७ मतले पछी पार्दै निर्वाचित भएका थापाले अहिले पनि नेपाली कांग्रेसका उम्मेदवार बद्रि प्रसाद अर्याललाई १४५ मतान्तरले पराजित गरेका हुन् ।

थापाले ९२७ मत प्राप्त गर्दा अर्यालले ७८२ मत मात्र प्राप्त गरे । वडाध्यक्ष संगै एमालेले महिला सदस्य र दलित महिला सदस्यमा पनि जित हासिल गरेको छ । महिला सदस्य उम्मेदवार सरिता गुरुङले ८४७ र दलित महिला सदस्य रिता बि.क ले ७७८ मत प्राप्त गरिन् । त्यस्तै खुल्ला सदस्य तर्फको दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । खुल्ला सदस्य तर्फका चिज कुमार श्रेष्ठले ७३३ र ज्ञानेन्द्र रेग्मीले ६८३ मत प्राप्त गरे ।

रत्ननगरमा २०७४ मा निर्वाचित वडाध्यक्ष मध्ये अहिलेको निर्वाचनमा सोहि पदमा उम्मेदवार बनेका ६ जना मध्ये थापा मात्र पुन: वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

https://ujyaalonepalnews.com/archives/20423

Previous articleरत्ननगर -१४ को वडाध्यक्षमा नेपाली काँग्रेसका होमनाथ रानाभाट विजयी
Next articleमन्त्री खनालको नगरमा एकीकृत समाजबादी शुन्य
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।