मन्त्री खनालको नगरमा एकीकृत समाजबादी शुन्य

रत्ननगर, जेठ ६- वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालको नगर रत्ननगर नगरपालिकामा उनको दल पत्तासाफ भएको छ । उपमेयर सहित वडाध्यक्ष र वडासदस्यमा उमेदवारी दिएको सो पार्टीका उमेदवार पराजित भएका छन् ।

मेयर र उपमेयरमा मात्र गठबन्धन भएको सो नगरमा समाजबादीले उपमेयर पाएको थियो । समाजबादीका केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज समेत रहेका खनालले रत्ननगरमा वडातहमा गठबन्धन मिलाउन नसक्दा हार वेहोर्नु परेको हो ।

१६ वटा वडा रहेको रत्ननगरमा समाजबादीले वडा नं ४ र ५ बाहेक अन्य वडामा वडाध्यक्ष सहित वडा सदस्यमा उमेदवारी दिएका थिए ।

https://ujyaalonepalnews.com/archives/20428

Previous articleरत्ननगर १६ मा हेमराज थापा पुन: अनुमोदित
Next articleएमाले अध्यक्ष ओलीको गृहनगर जित्यो गठबन्धनले
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।