रत्ननगरका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

रत्ननगर, जेठ ८– वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका रत्ननगर नगरपालिकाका जनप्रतिनिधिले शपथ ग्रहण गरेका छन् । नगरका नव निर्वाचित उपमेयर यादव पाठक सहित १६ वटै वडाका वडाध्यक्ष र वडा सदस्यहरुले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

शुक्रबार जिल्ला न्यायाधिश प्रकाश कुमार खनालबाट पद तथा गोपनियताको सपथ खाएका नव निर्वाचित मेयर प्रलाद सापकोटाले आज आइतबार उपमेयर पाठक सहित १६ वटै वडाका जनप्रतिनिधिलाई सपथ ग्रहण गराएका हुन् । कार्यक्रममा निवर्तमान नगर प्रमुख नारायण वन, निवर्तमान उपप्रमुख विमलादेवी दुवाडीसहित १६ वटै वडाका जनप्रतिनिधिलाई खादा टिका र मायाको चिनो प्रदान गरि बिदाई समेत गरिएको थियो ।

नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत शिशिर पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा निर्वाचन अधिकृत विनोद कुमार गौतमले जनप्रतिधिलाई प्रमाण पत्र वितरण गरेका थिए ।

 


 

 

https://ujyaalonepalnews.com/archives/20520

Previous articleआयातित वस्तुको उपभोग घटाउन ब्याजदर बढाइयो
Next article२४ घण्टामा थप ६ जनामा कोरोना पुष्टि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।