२४ घण्टामा थप ६ जनामा कोरोना पुष्टि

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ६९६ जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको हो।

त्यसैगरी, ५३० जनाको एन्टिजेन परीक्षण गर्दा सङ्क्रमणदर शून्य देखिएको छ।

२४ घण्टामा १३ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ। २४ घण्टामा १३ हजार ३०२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। अहिले देशभर सक्रिय सङ्क्रमित १४१ जना रहेका छन्। ३१ वटा जिल्लामा सङ्क्रमण शून्य छ।

https://ujyaalonepalnews.com/archives/20522

Previous articleरत्ननगरका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ
Next articleधरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।