भरतपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख दाहालद्वारा दुईवटा महत्वपूर्ण निर्णय

चितवन- भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख रेणु दाहालले आज विहान पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण गर्दै दाहालले दुई वटा महत्वपुर्ण निर्णय गर्नु भएको छ ।

उहाँले अब भरतपुरमा जन्मिने छोरीलाई नि:शुल्क बीमा गरिने पहिलो निर्णय गर्नुभयो भने भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निशुल्क गरिने बताउनुभयो ।

छोरीलाई गरिने बीमा रु एक लाखको १५ वर्ष अवधिको हुनेछ । त्यस्तै ७ हजार लिटरसम्म पिउने पानीको कुनै पनि शुल्क लाग्ने छैन । त्यस्तै महानगर प्रमुख दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुच पुग्ने उल्लेख गर्नुभयो ।-

https://ujyaalonepalnews.com/archives/20626

Previous articleअमेरिकामा बन्दुक आतंकः प्राथमिक विद्यालयमा जथाभावी गोली प्रहार गर्दा १४ बालबालिका र एक शिक्षकको मृत्यु
Next articleडोल्पाको त्रिपुराकोटसम्म सिधा यातायात
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।