अमेरिकामा बन्दुक आतंकः प्राथमिक विद्यालयमा जथाभावी गोली प्रहार गर्दा १४ बालबालिका र एक शिक्षकको मृत्यु

अमेरिकाको टेक्सास राज्यमा रहेको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा परी १४ जना विद्यार्थी र एक शिक्षकको मृत्यु भएको छ ।

घटना टेक्ससको रोब इलिमेन्ट्री विद्यालयमा हिजो भएको हो । बन्दुकधारी १८ वर्षीय साल्भाडोर रामोस नाम गरेका एक किशोर रहेको आशंका गरिएको टेक्ससका मेयर ग्रेग आबोट जानकारी दिनुभयो ।

आक्रमणकारीले पिस्तोलका साथै राइफलको पनि प्रयोग गरेको हुनसक्ने बताइएको छ । आक्रमणकारीको पनि मृत्यु भइसकेको छ ।

घटना नियन्त्रणमा लिने क्रममा प्रहरी अधिकारीको गोली लागेर आक्रमणकारी मारिएको हुनसक्ने बताइएको छ । रब एलिमेन्ट्री स्कुलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानी हत्या गरेको सार्वजनिक भएको छ ।

घटना भएको विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् । मारिएका बालबालिकाहरु कक्षा २, ३ र ४ कक्षामा अध्ययनरत थिए । राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिनुभएको छ ।-

https://ujyaalonepalnews.com/archives/20625

Previous articleविभिन्न सुझाव तथा सिफारिस बजेटमा समावेश गर्न अर्थ समितिको निर्देशन
Next articleभरतपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख दाहालद्वारा दुईवटा महत्वपूर्ण निर्णय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।