अमेरिकामा बन्दुक आतंकः प्राथमिक विद्यालयमा जथाभावी गोली प्रहार गर्दा १४ बालबालिका र एक शिक्षकको मृत्यु

0
30

अमेरिकाको टेक्सास राज्यमा रहेको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा परी १४ जना विद्यार्थी र एक शिक्षकको मृत्यु भएको छ ।

घटना टेक्ससको रोब इलिमेन्ट्री विद्यालयमा हिजो भएको हो । बन्दुकधारी १८ वर्षीय साल्भाडोर रामोस नाम गरेका एक किशोर रहेको आशंका गरिएको टेक्ससका मेयर ग्रेग आबोट जानकारी दिनुभयो ।

आक्रमणकारीले पिस्तोलका साथै राइफलको पनि प्रयोग गरेको हुनसक्ने बताइएको छ । आक्रमणकारीको पनि मृत्यु भइसकेको छ ।

घटना नियन्त्रणमा लिने क्रममा प्रहरी अधिकारीको गोली लागेर आक्रमणकारी मारिएको हुनसक्ने बताइएको छ । रब एलिमेन्ट्री स्कुलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानी हत्या गरेको सार्वजनिक भएको छ ।

घटना भएको विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् । मारिएका बालबालिकाहरु कक्षा २, ३ र ४ कक्षामा अध्ययनरत थिए । राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिनुभएको छ ।-

https://www.ujyaalonepalnews.com/archives/20625

Previous articleयोजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगरिने
Next articleभरतपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख दाहालद्वारा दुईवटा महत्वपूर्ण निर्णय