वन पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वनको काठ, दाउराको मूल्याङ्कन आफूखुसी गरी परिमाण घटाएको लगायत आरोपमा मोरङ मिक्लुङ सामुदायिक वनका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष सन्तोषकुमार लावतीविरुद्ध रु नौ लाख ७७ हजार ३४९, तत्कालीन सचिव देवीन्द्र कार्कीविरुद्ध रु आठ लाख १६ हजार ७४९, कोषाध्यक्ष भीमा लम्साल ढकालविरुद्ध रु सात लाख दुई हजार ३४९ बराबरको बिगो दाबी गरेको छ ।

आयोगका अनुसार तत्कालीन आपूर्ति संयोजक रामप्रसाद पौडेलविरुद्ध रु तीन लाख ८४ हजार १४९, लेखापरीक्षक चन्द्रबहादुर बस्नेतविरुद्ध पदीय एवम् व्यावसायिक दुरुपयोग गरेको ठहरसहित कैद सजायको माग गरिएको छ । आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीहरूले संस्थामा आम्दानी नदेखाई रकम हिनामिना गरेको पुष्टि भएको छ ।

https://ujyaalonepalnews.com/archives/20643

Previous articleहरिवनमा पुनः मतगणनाका लागि अन्तरिम आदेश दिन अस्वीकार
Next articleमहालक्ष्मी नगरपालिकाका मेयरको पदबहालीः स्वास्थ्य चौकी जाने गर्भवतीलाई भत्ता, निःशुल्क एम्बुलेन्स
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।