नेकपा (एकीकृत समाजवादी) द्वारा जनप्रतिनिधिलाई सम्पत्ति विरण सार्वजनिक गर्न निर्देशन

काठमाडौं- नेकपा (एकिकृत समाजवादी) ले स्थानीय तहमा निर्वाचित आफ्ना नेतालाई यही जेठ १७ गतेभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

पार्टीका महासचिव डा बेदुराम भुसालले जारी गर्नुभएको विज्ञप्तिमा जनप्रतिनिधिलाई निर्धारित समयमा आआफ्नो सम्पत्ति विरण सार्वजनिक गर्न निर्देशन दिँदै अनियमितता र भ्रष्टाचारमुक्त भई सरल जीवनशैली र असल आचरण अवलम्बन गर्न भनिएको छ ।

पार्टीको निर्णय र निर्देशनको पालना गर्न आग्रह गरिएको विज्ञप्तिमा जनताको हितलाई केन्द्रबिन्दुमा राखेर निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न सुझाइएको छ ।

विज्ञप्तिमा ऐन तथा कानुनको परिधिमा रहेर इमान्दारिता र कर्तव्यनिष्ठापूर्वक मुलुक र जनताको हितमा कार्यसम्पादन गर्न र निजी स्वार्थबाट टाढा रहन निर्देशन दिइएको छ ।-

https://ujyaalonepalnews.com/archives/20649

Previous articleमतपरिणाम आउन बाँकी चार पालिकाको विवरण
Next articleमूल्यवृद्धिपछि ढुवानी सेवा बन्द
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।