मतपरिणाम आउन बाँकी चार पालिकाको विवरण

काठमाडौं- गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार ७५३ मध्ये ७४९ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।

मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा नगरपालिका, लुम्बिनी प्रदेशमा रुपन्देहीको तिलोत्तमा नगरपालिका रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले जानकारी दिनुभयो ।

सुदूरपश्चिमको बाजुराको बूढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानविनका आधारमा निर्णय आउन बाँकी रहेको छ ।-

https://ujyaalonepalnews.com/archives/20648

Previous articleदैलेखमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु
Next articleनेकपा (एकीकृत समाजवादी) द्वारा जनप्रतिनिधिलाई सम्पत्ति विरण सार्वजनिक गर्न निर्देशन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।