नेप्से परिसूचकको उकालो यात्रा जारी

काठमाडौँ । धितो पत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.०३ अङ्कले उकालो लागेर दुई हजार २३९.६० मा पुगेको छ । त्यस्तै ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३९ अङ्कले उकालो लागेर ४३६.४७ मा पुगेको छ ।

कूल २२२ कम्पनीका २३ लाख २४ हजार ६६५ कित्ता शेयर रु ८८ करोड ९८ लाख ३४ हजार ९०८ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा मेगा बैङ्क शीर्ष स्थानमा छ । सो बैङ्कको रु पाँच करोड ४२ लाख १४ हजार ४६२ बराबरको कारोबार भयो । त्यस्तै अरुण काबेली पावर रु चार करोड चार लाख २२ हजार ३५, नबिल बैङ्क रु तीन करोड ५७  लाख ४२ हजार ७८३, माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी रु दुई करोड ८३ लाख २३ हजार ५१७ र जाल्पा सामुदायिक लघुवित्तको रु दुई करोड २९ लाख ४४ हजार ३८८ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहे ।

नेप्सेका अनुसार मेगा बैङ्कको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै नारायणी डेभलपमेन्ट बैङ्क ६.२०, कुमारी इक्विटी फण्ड ५.२६, ग्रीन लाइफ हाइड्रोपावर ४.०३ र एनआइबिएल समृद्धि फण्ड दोस्रोका लगानीकर्ताले ३.५३ प्रतिशतले कमाए ।

त्यस्तै गुराँस लघुवित्त ५.४७, सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड ३.७६, रुरु जलविद्युत् परियोजना ३.६१, माउण्टेन इनर्जी नेपाल ३.५५ र रिलायन्स फाइनान्सका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाएका छन् । रासस  

https://ujyaalonepalnews.com/archives/20670

Previous articleनीति तथा कार्यक्रममाथि दुवै सदनमा ९१ बुँदामा संशोधन प्रस्ताव
Next articleप्रतिनिधिसभा बैठक : सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।