बागमती प्रदेशका सरकारी निकायमा ७२ करोड रुपैयाँभन्दा बढी बेरुजु

हेटौँडा । बागमती प्रदेशका सरकारी निकायमा ७२ करोड रुपैयाँभन्दा बढी बेरुजु रहेको पाइएको छ ।     

हेटौँडामा आयोजित एक कार्यक्रममा प्रदेशको सार्वजनिक लेखा समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठले सो परिमाणको बेरुजु रहेको जानकारी दिनुभएको हो । उहाँले सरकारी कार्यालय, समिति तथा संस्थामा अब बेरुजु हुन नदिन समितिले सजग गराउनुका साथै ताकेता समेत गरिरहेको बताउनुभयो ।     

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको समग्र सुशासनका लागि संसदीय समितिलाई प्रभावकारी बनाउन छलफल र परामर्श अगाडि बढाइने उल्लेख गर्दै विकास निर्माणलगायत क्रियाकलापमा अनियमितता तथा अपारदर्शिताबारे विभिन्न सञ्चार माध्यममा आएका समाचारमा पनि संसद् र संसदीय समितिले चासो दिनुपर्नेमा जोड दिनुभयो । 

https://ujyaalonepalnews.com/archives/20674

Previous articleप्रतिनिधिसभा बैठक : सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी
Next articleसञ्चालकद्वय सिवाकोटी र आचार्यद्वारा कामु प्रधानन्यायाधीशसमक्ष शपथ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।