मछिन्द्रनाथको रथ बुधबार जावलाखेल लगिने

ललितपुर- रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आगामी बुधबार रथलाई जावलाखेल लगिने भएको छ । गत वैशाख २६ गते लगनखेल पुर्‍याइएको रथलाई सो दिन जावलाखेलतर्फ लैजान लागिएको हो ।

रथलाई जावलाखेल पुर्‍याएको चौथो दिनमा भोटो जात्रा हुने गर्छ । बुधबार नै रथ पुगेमा शनिबार जात्रा हुने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो ।

कुनै कारणले भोलिपल्ट मात्रै पुगेमा भने आइतबार जात्रा हुनेछ । सामान्यतया रथ लगनखेलबाट हिँडाएको दिनमा नै जावलाखेल पुगेको उहाँले बताउनुभयो । जावलाखेलको जात्रालाई सात गाउँको जात्रासमेत भन्ने गरिएको छ ।

जावलाखेलमा जात्रा सकिएसँगै मछिन्द्रनाथको यो वर्षको जात्रा सकिन्छ । त्यसपछि देवतालाई बुङमति लैजाने गरिन्छ । देवता वर्षमा झण्डै आधाआधा समय पाटन र बुङ्मति रहेने गर्छन् ।-

https://ujyaalonepalnews.com/archives/20688

Previous articleकाठमाडौँ महानगरको कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन
Next articleझापामा रासायनिक मलको अभाव
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।