हरित हाइड्रोजन प्रविधिको प्रवर्द्धन गर्न नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ विश्वविद्यालय बीच सहकार्य

0
67

बनेपा । नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ विश्वविद्यालयबीच अर्थतन्त्रमा योगदान पुर्‍याउन र जलविद्युत्को राम्रो उपयोग गर्न हरित हाइड्रोजन प्रविधिको प्रवर्द्धनमा सहकार्य गर्ने सहमत भएका छ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभयो । यो सम्झौता हस्ताक्षर भएको मितिदेखि ५ वर्षसम्म रहनेछ ।

यो समझदारीले मुख्यतः नेपालमा हरित हाइड्रोजन प्रविधिको उत्थान गर्न नेपाल विद्युत् प्राधिकरण र सरकारको चासोसँग सम्बन्धित ज्ञान, विशेषज्ञता र जनशक्तिको विकास गरी नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रवर्द्धन गर्नेछ । प्राधिकरणको गत वैशाख ७ गते बसेको ९०७ औँ बोर्ड बैठकले स्वीकृत गरेको ‘घरेलु अर्थतन्त्रमा योगदान र जलविद्युत्को राम्रो उपयोगका लागि नेपालमा पाइलट हरित अमोनिया उत्पादन’सम्बन्धी काठमाडौँ विश्वविद्यालयबाट प्रस्तावित परियोजना प्रस्तावलाई पनि दुवै पक्षले औपचारिकता दिएका छन् । 

दुवै पक्षबीच हरित हाइड्रोजन प्रविधिको अनुसन्धान गर्न, ग्रीडको गुणस्तर र विश्वसनीयता सुधार गर्न हाइड्रोजन प्रविधिको प्रयोग, हिउँदे मौसममा ऊर्जा भण्डारणका साथै नेपालमा जलविद्युतको उचित सदुपयोग गर्न क्षमता विकास गर्ने सहमति भएको काठमाडौँ विश्वविद्यालयले जनाएको छ । रासस

https://www.ujyaalonepalnews.com/archives/20716

Previous articleबन्द भएको ३० महिनापछि स्वर्णद्वार तथा भक्तपुर तलेजु सर्वसाधारणका लागि खुला
Next articleशनिबार आर्थिक सर्वेक्षण, आइतबार बजेट