लमजुङमा टिप्पर दुर्घटना, चारजनाको घटनास्थलमै मृत्यु

लमजुङ– लमजुङमा टिप्पर दुर्घटना हुँदा चारजनाको घटनास्थलमै ज्यान गएको छ । मध्यनेपाल नगरपालिका–७, कोइलेनीमा बा ४ ख ७७८१ नम्वरको ट्रिपर दुर्घटना भएको हो ।

निर्माणाधिन मध्यपाहाडी लोकमार्ग अन्तर्गत भोर्लेटार सडक खण्डमा ढुंगा ढुवानीका क्रममा दुर्घटना हुँदा चालक सहित चारजनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा टिप्पर चालक धादिङका ३३ वर्षीय आकाश भनिने विनोद घिमिरे, सोही आयोजनाका सुपरभाइजर तनहुँका अन्दाजी ४५ वर्षीय उत्तम न्यौपाने, सोही आयोजनाको जेसीभी अपरेटर गोरखाका अन्दाजी २४ वर्षीय रविन्द्र सेढाई टिप्परमा चालक सहयोगी सल्यानका अन्दाजी २२ वर्षीय पारश शाह रहेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि तनहुँको दमौली लगिएको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/20798

Previous articleउत्पादनसँग जोडियो प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि क्षेत्रमार्फत रोजगारी प्रदान गरिने
Next articleआगामी आवको बजेट : सबै वडामा कृषि प्राविधिक उपलब्ध गराइने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।