नेपाल विद्युत् प्राधिकरणको शेयर निष्कासन गरिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा नेपाल विद्युत् प्राधिकरणको साधारण शेयर प्रिमियम मूल्यमा सर्वसाधारणका लागि जारी गरिने उल्लेख छ ।

अर्थमन्त्री शर्माले शेयर निष्कासनबाट प्राप्त रकम जलाशययुक्त आयोजना निर्माण र ऊर्जा पूर्वाधारमा लगानी गर्ने बताउनुभयो । शेयर जारी गर्ने प्रयोजनका लागि नेपाल विद्युत् प्राधिकरणको क्रेडिट रेटिङ यसअघि नै सम्पन्न भइसकेको छ ।

https://ujyaalonepalnews.com/archives/20809

Previous articleकर्मचारीको तलब १५ प्रतिशतले वृद्धि
Next articleरेडियो नेपाल र नेपाल टेलिभिजनको सेवालाई शतप्रतिशत भूभागमा पुर्‍याउने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।