ए डिभिजन लिगमा जावलाखेल एक स्थान माथि उक्लियो

ए डिभिजन लिग फुटबलमा जावलाखेल युथले चौथो जित निकालेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको मैदानमा सोमबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लवलाई १–० ले हराउँदै जावलाखेल एक स्थानमाथि उक्लिएको छ।

जावलखेलले हालसम्म ४ खेलमा जित, ३ मा बराबरी गर्दा ३ खेल नै गुमाउँदै १५ अंकमा सातौँ स्थानमा पुगेको छ।

४ खेलमा जित हात पारेको नेपाल पुलिस क्लव भने एक स्थान तल झर्दै आठौ स्थानमा आइपुगेको छ। समान खेलबाट पुलिसको १४ अंक छ। हारसँगै ब्रिगेड ११ औं स्थानमा यथावत छ। ब्रिगेडले २ खेलमा जित र बराबरी गर्दा ६ खेल गुमाएको छ।

जावलाखेलको जितमा सुजित बुढाथोकीले निर्णायक गोल गरे। ब्रिगेडका गोलकिपरले नियन्त्रणमा लिन नसकेको बललाई सुजितले जाली चुमाएका थिए।

सोमबारै अर्को खेलमा आज लिगमा अपराजित रहेको मनाङ–मस्र्याङ्दी क्लब र च्यासल युथ क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ। आजको खेलमा बराबरी या हारले मनाङको उपाधि सम्भावना झिनो बन्नेछ।

लिगमा अपराजित रहेको एक्लो टोली मनाङ च्यासललाई हराउँदै अपराजित रहँदै उपाधि यात्रा जीवितै राख्न चाहन्छ। अपराजित मनाङ ९ खेलबाट १९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। च्यासल ९ खेलबाटै ९ अंक जोडेर १०औं स्थानमा छ।

दैलेखको राकम मेगासिटी शहरमा १ सय शैयाको ट्रमा सेन्टर अस्पताल बनाईने

Previous articleअवैद्य उत्खनन् गर्नेलाई प्रहरीले पक्राउ गर्‍याे, जनप्रतिनिधिले छाडे
Next articleकरण केसीद्वारा आईसीसी वरियतामा सुधार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।