दैलेखको राकम मेगासिटी शहरमा १ सय शैयाको ट्रमा सेन्टर अस्पताल बनाईने

0
38

दैलेख । मेगासिटी शहरको लागि प्रस्तावित दैलेखको आठविस नगरपालिकाको राकममा १ सय शैयाको ट्रमा अस्पताल सेन्टर बनाईने भएको छ । अस्पताल निर्माण र सञ्चालनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र आठविस नगरपालिकाबीच शनिबार सम्झौता भएको हो ।

एक सय शैयाको ‘ट्रमा सेन्टरको अस्पताल निर्माणको लागि नगरपालिका र प्रतिष्ठानबिच समन्वयन र सहकार्य गरि अस्पताल निर्माणको लागि १३ ओटा शर्तहरु सम्झौता गरिएको आठविस नगरपालिकाका उपप्रमुख दिपा बोहराले बताईन । उनले भनिन, नगरपालिका र कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्ला बिच अस्पताल निर्माण र सञ्चालन हुँदा दुई पक्षबीच शर्तहरुको पालना गर्नुपर्ने गरि सम्झौता भएको छ ।
पत्रमा नगरपालिकाको तर्फबाट नगर–प्रमुख खड्गराज उपाध्याय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तर्फबाट प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईले हस्ताक्षर गरेका छन् । पत्रमा दुई पक्षको सम्बन्ध विस्तार हुँदै सहकार्य गर्ने, प्रदेश सरकार र संघीय सरकार सँग समन्वयन गरि दुई पक्षले अस्पताल निर्माण र सञ्चालन गर्ने, सर्वसुलभ विशेषज्ञ सेवाहरु उपलब्ध गराउने उद्देश्यका साथ सम्झौता भएको नगर–प्रमुख खड्गराज उपाध्यायले जानकारी दिए ।

यस्तै तत्कालका लागि ‘एक्सरे मेसिन, ल्याव, लगाएतका सामाग्रीहरु र डाक्टरहरुको फिल्ड भत्ताको व्यवस्था नगरपालिकाले गर्ने र ‘प्रतिष्ठानले डाक्टर र तलवको व्यवस्थापन गर्ने छ । यस्तै अस्पतालको लागत ईष्टमेट नयाँ शहर आयोजनाले गर्ने उपाध्यायले बताए । अस्पताल निर्माणका लागि यो पटक डिपीआर गर्ने र त्यसपछि लागतको ईष्टमेट हुने छ । यहाँ शिक्षण अस्पताल निर्माण भई सञ्चालनमा आएपछि अछाम, दैलेख, कालिकोट लगाएत जिल्लाका नागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

यहाँबाट सर्वसाधरण नागरिकहरुले सहज रुपमा सेवा लिने र नेपालगञ्ज सुर्खेत जाने बाध्यता हटेर जाने नगरपालिकाका उप–प्रमुख दिपा बोहोराले बताईन । उनले भनिन, ‘मापदण्ड अनुसारको नगरपालिकाले अस्पतालका लागि ‘राकम कर्णालीमै १०५ रोपनी सार्वजनिक जग्गा पास गरिसकेको छ ।’

विगत देखि काल मार्ग र मृत्युमार्गका रुपमा चिनिएको कर्णाली राजमार्गमा सुविधा सम्पन्न अस्पताल नहुँदा दुर्घटना भए पश्चात अधिकांशले बाटोमै ज्यान गुमाउँदाको पीँडा महशुस भएको हुँदा देश संघीयतामा आउनु अगावै अस्पताल निर्माणको पहल थालिएपनि संघियतापछि पुर्णता पायो,उनले थपिन । मध्यपहाडी लोकमार्गको १० वटा मेगासिटी मध्य दैलेख आठविस नगरपालिका राकमकर्णाली एक शहरका रुपमा प्रस्तावित गरिएको छ ।

दैलेख आठविस नगरपालिकाको राकमकर्णाली । यो ठाउँमा १ सय शैंयाका ट्रमा सेन्टर अस्पताल निर्माण गर्नुका साथै नयाँ शहरका लागि प्रस्तावित गरिएको छ । तस्वीर : भक्तबहादुर शाही /दैलेख

The post दैलेखको राकम मेगासिटी शहरमा १ सय शैयाको ट्रमा सेन्टर अस्पताल बनाईने appeared first on Rajdhani Daily News.

त्रिविको परीक्षा र कक्षा फागुन १ गतेदेखि सञ्चालन गर्न निर्देशन

Previous articleजिल्ला ट्राफिक कार्यालय दाङद्वारा ‘सुरक्षित यात्रा कार्यक्रम’ सुरु
Next articleप्रधानमन्त्रीको ‘भिजन टु एक्सन’ पुस्तक : राष्ट्रकवि घिमिरे र शताब्दीपुरुष जोशीद्वारा सार्वजनिक