नायिका मिरुना- भिक्षु फुर्पा प्रकरण: दुवै पक्षले क्षमायाचना गरेपछि सहमति

काठमाण्डाै – ‘कबड्डी ४’ की अभिनेत्री मिरुना मगर र फुर्पा लामा तामाङबीच मिलापत्र भएको छ ।

गलत नियतले छोएको भन्दै नायिका मगरले फुर्पा तामाङलाई थप्पड हानेकाे र तामाङलाई प्रहरीले पक्राउ गरेको प्रकरणमा दुवैले आ–आफ्नो गल्ती स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिपत्रमा फुर्पाले आफ्नो गल्ती स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ ।

सिभिल मलमा कबड्डी ४ प्रदर्शन भइरहेका बेला दर्शकहरूलाई साथ दिन पुगेकी मिरुनाले फुर्पाले गलत नियतले छोएको आरोप लगाएकी थिएन् ।

https://ujyaalonepalnews.com/archives/20963

Previous articleइपानद्वारा आगामी आवको बजेटको स्वागत
Next articleनिजामती अस्पताल ‘रिफर अस्पताल’को रूपमा विकास गर्ने तयारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।