लोकगायक बद्री पङ्गेनीलाई पितृशोक

0
74

काठमाडौँ / लोकगायक बद्री पङ्गेनीलाई पितृशोक परेको छ । उहाँका पिता बोधराजको ७० वर्षको उमेरमा आज निधन भएको हो । काठमाडौँको धापासीबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको बाटामै निधन भएको परिवारले जनाएको छ । उहाँ दमसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँको पाल्पा, रामपुरमा दाहसंस्कार गरिने भएको छ ।

उहाँका दुई छोरा र एक छोरी छन् । स्व बोधराजकी श्रीमतीको यसअघि नै निधन भइसकेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष पङ्गेनीका पिताको निधनप्रति प्रतिष्ठानका अध्यक्ष रमेश बिजीलगायत विभिन्न सङ्घसंस्थाले दुःख व्यक्त गरेका छन् ।

The post लोकगायक बद्री पङ्गेनीलाई पितृशोक appeared first on Purbeli News.

एमसीसी सम्झौताको विरोधमा भोली नेपाल बन्द आह्वान

Previous articleआठ महिनाको शिशु हत्या गर्ने व्यक्तिलाई गोली हानेर मृत्युदण्ड दिइने
Next articleतिरूपती अटाे सिटीले ल्यायाे ‘मेघा एक्स्चेन्ज अफर’